दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रकाश दाहाल स्मृति तेक्वान्दो हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ३ गते, बिहीबार ८:१९

काठमाडौं ।
नागदह तेक्वान्दो डोजाङको आयोजनामा प्रथम प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पुस ४ र ५ गते हुने भएको छ ।
प्रतियोगितामा पुम्सेमा ८ र ग्योरोगीमा ४७ गरी ५५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सत्यराम महर्जनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा उपत्यकाका तीनसहित १४ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रशिक्षक कविराज मालीले जानकारी दिए । प्रतियोगितामा १३ औं सागमा सहभागी खेलाडीहरुले भाग लिन पाउने छैनन् ।
प्रतियोगिता स्व. दाहालकी पत्नी खानेपानी मन्त्री विना मगरले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख खर्च हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु