तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एक्सेल्सियरको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ३ गते, बिहीबार ८:३३

काठमाडौं ।
आयोजक द एक्सेल्सियर स्कुलले आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१६ ब्वाइज फुटबलमा बुधबार विजयी सुरुआत गरेको छ ।
एक्सेल्सियरले ओरकल रे एकेडेमीलाई ५–० गोलले पराजित ग¥यो । एक्सेल्सियरका धीरज जोशीले २ तथा इश्वधन, रिजन पराजुली र साकार उप्रेतीले १–१ गोल गरे ।
यु–१६ गल्र्स फुटबलमा ग्यालेक्सी पब्लिक स्कुलले एलआरआईलाई २–१ तथा किड्स लर्निङलाई ४–०, प्याराडाइसले प्रिमियरलाई ५–१, आयोजक एक्सेल्सियरले किड्स लर्निङलाई ७–०, काष्ठमण्डपले प्रिमियरलाई २–० र प्याराडाइसले एक्सेल्सियरलाई २–१ गोलले हराए । गल्र्स फुटबल यसै संस्करणदेखि सुरु गरिएको हो ।
बास्केटबलको जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले न्यु अरुणोदयलाई २१–१३ तथा बिग बुद्धले एलआरआईलाई २७–१२ ले पाखा लगाए । सिनियर ब्वाइजमा न्यु जेनिथले प्रिमियरलाई ४२–१२ तथा एलआरआईले ओसिसलाई ३६–१८ ले पन्छाए । त्यस्तै सिनियर गल्र्समा द चाँदबाग स्कुलले बृहस्पतिलाई १३–५ तथा शिशु निकुञ्जले ल्याबलाई ९–४ ले पराजित गरे ।
प्रतियोगिताको डिएसपी लालध्वज सुवेदी र एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगिता पुस ११ गतेसम्म चल्ने छ ।

एडभान्स क्वाटरफाइनलमा
एडभान्स तेश्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको गल्र्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
एडभान्सले रिभेरालाई २५–२३, १३–२५ र २५–२१ को सोझो सेटमा पराजित ग¥यो । गल्र्समै विज किड्सले जगत मन्दिरलाई २५–७ र २५–१०, लाइसियम मोडेलले सम्भावीलाई २५–१९ र २५–१६, क्याम्ब्रिजले एडभान्सलाई २५–८ र २५–५, ग्लोबल पब्लिकले एलिक्सरलाई २५–२२ र २५–१२, जगत मन्दिरले केभीएसलाई २५–२० र २५–१७, सम्भावीले प्रस्फुटनलाई २५–८ र २५–२ तथा पिस प्वाइन्टले एलिक्सरलाई २५–११, २०–२५ र २५–९ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

लुम्बिनी र पारामाउन्ट सफल
लुम्बिनी र पारामाउन्टले पाँचौं नेफ–साइपाल कप छात्र फुटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् ।
उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा लुम्बिनीले बीएनएलाई २–१ तथा पारामाउन्टले ओडिसी इन्टरनेसनल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३–२ गोललेले पराजित गरे ।
अन्य खेलमा गोल्डेनपिकले हिमालय भ्यालीलाई २–१, हिमरश्मी ‘बी’ ले बाल विकासलाई २–०, पिस प्वाइन्टले रातो बंगलालाई २–० र ह्वाइट माउन्टेनले लालीगुराँसलाई १–० गोलले हराए ।
प्रतियोगिताको प्याब्सन प्रदेश ३ का अध्यक्ष थकिनकुमार गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । शनिबारसम्म चल्ने नकआउट प्रतियोगितामा ६४ टिम सहभागी छन् ।

केभीएस क्वाटरफाइनलमा
काठमाडौं विनायक शिक्षालय (केभीएस) तेश्रो एन प्याब्सन खेलकुद सप्ताहको ब्वाइज फुटसलमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
एन प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित प्रतियोगितामा केभीएसले पिक प्वाइन्ट एकेडेमीलाई ६–० गोलअन्तरले पराजित ग¥यो । त्यस्तै ग्रिनफिल्ड नेसनल स्कुल, माउन्ट ग्लोरी, भीमेश्वर एकेडेमी, मान्डु एकेडेमी, बेस्ट ग्रुप भिजन, कान्तिपुर इङलिस स्कुल र माउन्ट ओलिभ पनि क्वाटरफाइनलमा पुगे ।
सिनियर ब्वाइज बास्केटबलको सेमिफाइनल युनिभर्सल र कान्तिपुर तथा नेरिक र ग्रिनफिल्डबीच हुने छ ।

मन जयकर टेनिस एकेडेमीको उद्घाटन , १७ औँ जुनियर जयकर मेमोरियल राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
काठमाडौँ सुन्धारास्थित मन जयकर टेनिस एकेडेमीको उद्घाटन भएको छ । वि.सं.२०५२ सालमा दर्ता भएता पनि टेनिस कोर्ट भने हाल सालै मात्र औपचारिक रुपमा निर्माण सम्पन्न भएका कारण आइतबार उद्घाटन गरिएको हो । उक्त एकेडेमीको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघिय सभाका सांसद जीवनराम श्रेष्ठ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र मन जयकर टेनिस एकेडेमीका अध्यक्ष मनोज राणाले संयुक्त रुपमा गर्नुभयो । यसैबीच उहाँहरुले नै मन जयकर टेनिस एकेडेमीको आयोजना तथा नेपाल टेनिस संघको सहयोगमा आइतबारबाट नै संचालन हुन लागेको १७ औँ जुनियर जयकर राष्ट्रिय प्रतियोगिताको समेत उद्घाटन गर्नुभयो । यही पौष ६ गते सम्पन्न हुने सो प्रतियोगितामा ८,९,१०,१२ अनि १४ गरी विभिन्न उमेर समूहका साथै खुल्लातर्फ समेत गरी १०० भन्दा बढी खेलाडीहरु सहभागी हुँदै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु