तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विद्यार्थीहरुलाई बलजफ्ती ‘क्रिसमस–टोपी’ लगाउन बाध्य बनाएको भन्दै कडा निन्दा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ३ गते, बिहीबार १७:२१

काठमाडौं, ३ पुष । विभिन्न धार्मिक संघ/संस्थाहरुले क्रिसमसको अवसरमा देशभरिका विभिन्न सामूदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीहरुलाई बलजफ्ती ‘क्रिसमस–टोपी’ लगाउन बाध्य बनाएको भन्दै कडा निन्दा गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा हिन्दू जागरण नेपाल, विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति, हिन्दू युवा संयोजन समिति, विश्व हिन्दू महासंघ नेपाललगायतका संघ÷संस्थाहरुले यस्तो निन्दा गर्दै विद्यालयहरुको उक्त कदमको विरोध गरेका छन् ।

कार्यक्रममा बोल्दै विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले सनातन हिन्दू धर्ममाथि पश्चिमाहरुको आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘पैसाको प्रलोभनमा धर्म परिवर्तन गराए गराए, हुँदाहुँदै अब विद्यालयहरुले बाल मस्तिष्कमा नै प्रभाव पार्नेगरि पश्चिमा संस्कृतिको प्रचारप्रसार गरिरहेका छन् । यसप्रति हाम्रो समितिको घोर भत्सर्ना छ । यी कदम नसच्याईए हामी ती विद्यालयहरुमा पुगेर कारबाही गर्नपनि पछि हट्दैनौं ।’

विश्व हिन्दू महासंघ नेपालका महासचिव गणेश न्यौपानेले क्रिसमसको अवसर होस वा अन्य कुनैपनि अवसरमापनि बेधर्मीबाट सनातन धर्म, हिन्दू संस्कृतिमाथि प्रहार भए चुप लागेर नबस्ने चेतावनी दिए ।

अर्का बक्ता ॐकार महाअभियानका अभियन्ता तथा विश्व हिन्दू महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष दिनेश कुमार सिजापतिले पनि साना साना बालबालिकालाई प्रभाव पर्नेगरि विद्यालयहरुले पश्चिमाहरुको डिजाईनमा क्रिसमसको अवसर पारेर पोशाक लगाउन बाध्य बनाईएकोप्रति विरोध जनाए ।

हिन्दू जागरण नेपालका धार्मिक तालिम संयोजक ध्रुबराज लुईँटेलले धर्म परिवर्तनको विरुद्धमा आफूहरु देशव्यापी सशक्त रुपमा लागिरहेको स्पष्ट पारे । उनले पनि क्रिसमसको अवसर पारेर विद्यालयहरुमा क्रिश्चियनीटी बढाउने काम नरोकिए सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।

शिवसेना नेपालका मजदुर विभाग प्रमुख मनोज सापकोटाले विगतको ईतिहास सम्झन हिन्दूविरोधीहरुलाई चेतावनी दिँदै हिन्दू धर्म, संस्कृति विरुद्ध कुनैपनि कार्य नगर्न कडा चेतावनी दिएका छन् ।

हिन्दू युवा संयोजन समितिका संयोजक अभिषेक जोशीले क्रिसमस नै कुन तिथि वा तारिकमा मनाउने भन्ने कुरा नै अन्यौल रहेको बताउँदै ईशाईहरुले समेत नमनाउने क्रिसमसलाई नेपालमा सामाजिक रुपमा मनाउन खोज्नु अपराध भएको टिप्पणी गरे । उनले भने,‘पैसाको प्रलोभनमा परेर यस किसिमका कार्यहरु कुनैपनि विद्यालयहरुले नगरुन, यदि गरेको थाहा पाईएमा हामी कडा रुपमा प्रतिकारमा उत्रिन्छौं ।’

वीर गोरखालीका धार्मिक अभियन्ता नगेन्द्र देउजाले सनातन हिन्दू अधिराज्य मासेर नै यस किसिमका गतिविधि बढेको दाबी गरे । उनले भने,‘क्रिसमस वा अन्य कुनै पनि चाडपर्वलाई लक्षित गरी बेधर्मीहरुले हिन्दूविरोधी कार्यक्रम गरेर हामी प्रतिरोध गर्छौं ।’

पत्रकार सम्मेलनमा आगामी पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौं उपत्यकालगायत देशभरि नै शक्ति प्रदर्शन गर्न ॐकार महाअभियान सक्रिय रुपमा लागिरहेको जनाईएको छ ।

क्रिसमसको अवसर पारेर विभिन्न विद्यालयहरुले पश्चिमा संस्कृतिको प्रचारप्रसार र विद्यार्थीहरुलाई जबरजस्ती क्रिसमस टोपीलगायतका सामाग्री लगायन बाध्य बनाईएकोबारे उनीहरुले प्याब्सन र एनप्याबस्नलाई विरोधपत्र समेत बुझाईसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु