दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कार्कीको दौड पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ३ गते, बिहीबार १८:३६

ललितपुर ।
लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिकादेखि जनकपुरस्थित रामजानकी मन्दिरसम्मको दौड पूरा गरेका छन् । करिब २ सय २५ किलोमिटर दूरी कार्कीले ३ दिन लगाएर पूरा गरेका हुन् ।
कार्कीले गोदावरी नगरपालिका वडा नं. १, गोदामचौर, कार्कीटारमा आफैले निर्माण गरेको हनुमानको मन्दिरदेखि दौड सुरु गरेका थिए । कार्की कार्कीटार निवासी हुन् ।
दौडलाई नविल बैंक, रुसलान एफएम, गोदावरी नगरपालिकालगायतले प्रायोजन गरेको कार्कीले जानकारी गराए । दौडबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने कार्कीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु