दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धुर्मुस ,सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ४ गते, शुक्रबार ९:०४

काठमाडौँ – सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को गीत सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ‘फनफनी’बोलको गीत सार्वजनिक गरिएको हो।

गीतमा चलचित्रका कलाकारहरु सिताराम, कुञ्जनासँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल लगायतका कलाकारका साथमा लोकप्रिय मोडल अञ्जली अधिकारीको नृत्य हेर्न सकिन्छ। शकर बिसी यस गीतको कोरियोग्राफर हुन्। डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा मेलिना राई र कालिप्रसाद बास्कोटाको स्वर सुन्न सकिन्छ।

‘सेन्टी भाइरस’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। कुमार कट्टेल र दीपक आचार्यले लेखेका चलचित्र सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ। डिन्डु लामा ह्योल्मोले लगानी रहेको शैलेन्द्र डि. कार्कीले छायांकन गरेको चलचित्र सम्पादनको जिम्मा निमेश श्रेष्ठले लिएका छन्।

सानो पर्दा हुँदै समाज सेवामा केन्द्रित धुर्मुस–सुन्तली ‘सेन्टी भाइरस’मार्फत कथानक चलचित्रमा होमिएका हुन्। चलचित्र फागुन ९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु