दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रेडिअन्टलाई सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ५ गते, शनिबार १०:०८

काठमाडौं, पुस ४ गते ।
रेडिअन्टको जुनियर ब्वाइज, सिनियर गल्र्स र सिनियर ब्वाइज तीनै टोलीले आठौं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार सफलता हात पारेका छन् ।
जुनियर ब्वायजमा रेडिअन्टले बिग बुद्धलाई ३७–२१ ले पराजित ग¥यो । रेडिअन्टका राज रोकाले १२ अंक जोडे । सिनियर गल्र्समा रेडिअन्टले द चाँदबागलाई १८–१६ ले हरायो । रेडिअन्टकी अशु गौतमले ८ अंक जोडिन् । सिनियर ब्वायजमा रेडिन्टले बृहस्पति विद्या सदनमाथि ५०–१० को सहज जित रच्यो । विजेताका उपेन्द्र बस्नेतले २५ स्कोर गरे ।
बास्केटबलकै सिनियर गल्र्सको अन्य प्रतिस्पर्धामा सिद्धार्थ बनस्थलीले ग्यालेक्सी पब्लिक स्कुललाई १२–८ तथा स्वर्णिमले बृहस्पतिलाई ३३–४ ले पाखा लगाए । सिद्धार्थ बनस्थलीकी यशोश्री गुप्ताले ५ तथा स्वर्णिमकी मोहिनी लोप्चनले २२ अंक बटुले ।
यु–१२ ब्वाइज फुटबलमा किड्स लर्निङले विद्या संस्कारलाई ९–०, ग्रिनफिल्डले ओराकल रेलाई २–१, रेडिअन्टले न्यु इरा एकेडेमीलाई ३–०, रिब्सले विद्या संस्कारलाई १–०, काष्ठमण्डप विद्यालयले आयोजक द एक्सेल्सियर स्कुललाई ३–० र पुष्पसदनले न्यु जेनिथलाई ५–० गोलले निराश पारे । काष्ठमण्डप र ओराकल रेले २–२ गोलको बराबरी खेले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु