साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

ब्याडमिन्टनमा ग्यालेक्सीको वर्चस्व

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ पुष २०७६, शनिबार १०:४७

काठमाडौं ।
तेश्रो एन प्याब्सन खेलकुद सप्ताहअन्तर्गत ब्याडमिन्टनमा ग्यालेक्सी पब्लिक स्कुलको वर्चस्व रह्यो । गल्र्स सिंगल्समा सबै पदक जितेको ग्यालेक्सीले गल्र्स डबल्समा स्वर्ण र रजत हात पा¥यो ।
एन प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा निमा याङजी शेर्पा पहिलो, सेरा शेर्पा दोश्रो तथा शिवानी शाह र विधि क्षेत्री तेश्रो भए । गल्र्स डबल्समा निमा र सेराको जोडीले स्वर्ण तथा शिवानी र विधिको जोडीले रजत जिते । दिब्यज्ञानका रिबिका कुरेल र रोसेमा रिसाल तथा प्रोग्रेसिभका छोकेन शेर्पा र भूमिका सापकोटाको जोडी तेश्रो भए । सिनामंगलस्थित पञ्चकुमारी कभर्डहलमा भएको ब्याडमिन्टनको सिंगल्समा ३२ तथा डबल्समा ८ जोडीले प्रतिस्पर्धा गरेका थिए ।
ब्याडमिन्टनकै प्रिन्सिपल सिंगल्समा पिपुल्स एकेडेमीका रामबाबु सेढाईंले स्वर्ण, गोल्डेन गार्डेनका निलममणि भट्टराईले रजत तथा एजिएमका श्याम योञ्जन र सेन्ट जर्जका मनोज दाहालले कांस्य हात पारे । १२ प्रिन्सिपल सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु