दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भारतमा विवादास्पद नागरिकता संशोधनसम्बन्धी कानुनविरुद्ध भएको प्रदर्शनमा ६ जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ५ गते, शनिबार १२:२८

काठमाडौं । भारतमा विवादास्पद नागरिकता संशोधनसम्बन्धी कानुनविरुद्ध भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशका अधिकांश विभिन्न जिल्लामा भड्किएको हिंसामा उनीहरुको मृत्यु भएको हो । प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आगजनी गरेका छन् ।

उनीहरुले सवारी साधनमा आगजनी गर्नुका साथै प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

३२ प्रदर्शनकारी र आठ भन्दा बढी प्रहरी पनि घाईते भएका छन् । ठूलो संख्यामा प्रदर्शनकारी पक्राउ परेका छन् ।

शुक्रवारे प्रार्थनामा भाग लिएकाहरु राजधानी दिल्लीको प्रदर्शनमा सहभागी भएको बताइएको छ ।

नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै चर्किएको आन्दोलनमा १३ जनाको मृत्यु भैसकेको छ ।

विगत दुई हप्तादेखि आन्दोलन भैरहेको छ । नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेश गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र ईसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् । भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था छ ।

अंगीकृत नागरिकताका लागि भने ६ वर्ष मात्र बसेको वा काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु