साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

विश्व प्रख्यात भागवत वाचक श्रद्देय लाल गोविन्द प्रभुजी्द्वारा अग्रवाल भवनमा श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृत पौष ०७-११ गते सम्म संचालन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ६ पुष २०७६, आईतवार १७:३०

काठमाडौँ — पुस ६ ।

वैदिक हिन्दू सनातन धर्मको संरक्षण तथा प्रचारप्रसार हेतु राजधानीको कमलपोखरीस्थित अग्रवाल भवनमा श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृत पौष ०७-११ गते सम्म संचालन हुने भएको छ ।

अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले आयोजना गरेको पाँच दिने श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृतको कलशयात्रा पौष ०७ गते बिहान ०८ बजे बसन्तपुर स्थित सानो पशुपतिनाथ मन्दिरबाट शुरु भई मख्खन गल्ली, भोटाहिटी, कमलादी हुँदै अग्रवाल भवनमा पुगेर समापन हुने छ । साथै दिउँसो ०३ बजेदेखि साँझ ०६ बजेसम्म विश्व प्रख्यात भागवत वाचक श्रद्देय लाल गोविन्द प्रभुजीद्वारा कथा वाचन पाँच दिनसम्म संचालन हुने आयोजकले जनाएको छ ।

आयोजक अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले सम्पूर्ण श्रद्दालु भक्तजन तथा सनातन हिन्दु धर्मावलम्वीहरुमा श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृतको श्रवणगरी लाभ लिनुहुन आह्वान गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु