दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ६ गते, आईतवार १९:५६

काठमाडौं, पुस ६ । सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ।
आइतबार परिसूचक १ दशमलव १७ अंकले बढेर १ हजार १ सय ५० दशमलव ८१ अंकमा कायम भएको छ।

आइतबार १ सय ६७ वटा कम्पनीको १४ लाख ८८ हजार ३ सय ४ कित्ता सेयर ६ हजार ८७ पटक खरिदबिक्री हुँदा ३७ करोड ४४ लाख ६६ हजार ४ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ७६ लाख ८१ हजार र एनएमबी बैंकको ३ करोड ३३ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार बैंकिङ, व्यापार, जलविद्युत, वित्त, निर्जीवन बीमा र जीवन बिमा कम्पनीको उपसूचक घटेको छ भने बाँँकी अरु समूहको उपसूचक बढेको छ।

आइतबारको कारोबारमा सबैभन्दा बढी कमाउनेमा शिवम् सिमेन्टका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ८१ प्रतिशतका दरले गुमाएका छन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु