सुकेधारामा बसको ठ*क्करबाट पशुपति क्याम्पसकी छात्राको मृत्यु, विद्यार्थीद्वारा दुईवटा बसमा आगजनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ७ पुष २०७६, सोमबार ११:५३

काठमाडौँ – काठमाडौँको सुकेधारामा सोमबार बिहान बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो । गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अव*स्थामा उपचारका लागि अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

मृतक पन्त चाबहिलस्थित पशुपति वहुमुखी क्याम्पसमा बीबीए चौथो वर्षमा अध्ययनरत थिइन् । आफ्नो सहपाठीको मृत्युपछि सो क्याम्पसका विद्यार्थीहरु सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।
आक्रोसित विद्यार्थीले बा४ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा३ख ४४३३ नम्बरको बस तोडफोड गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु