
काठमाडौँ – गायिका रचना रिमालको ‘लेक वेशीमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुष्मा श्री कार्की र कुशलको अभिनय रहेको गीतमा तुलसा पहाडीको कोरियोग्राफी रहेको छ ।
हिमान्शु रायमाझीको शब्द रहेको गीतमा कृश पाण्डेले संगीत भरेका छन् । सन्देश शर्माले छायांकन गरेको म्युजिक भिडियोलाई कृश पाण्डेले सम्पादन गरेका छन् । अमृता भन्डारी र देवी पाण्डेले निर्माण गरेको म्युजिक भिडियोलाई अशिष नेपालले निर्देशन गरेका हुन् ।


