
काठमाडौं, पुस ७ गते ।
जेम्सले दोश्रो क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत ब्वाइज फुटसलको उपाधि जितेको छ । युरो स्कुलमा भएको फाइनलमा जेम्सले इम्पेरियललाई पराजित ग¥यो । प्रिमियर इन्टरनेसनल स्कुलले तेश्रो स्थानमा चित्त बुझायो ।
काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) द्वारा आयोजित प्रतियोगितामा राज अग्रहरी उत्कृष्ट खेलाडी, सौरव कार्की उत्कृष्ट गोलरक्षक र समिर नेम्कुल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टत्रय जेम्सका हुन् । संस्कृति इन्टरनेसनल स्कुलका अगत अधिकारी सर्वाधिक गोलकर्ता बने ।
गल्र्स फुटसलमा प्रिमियर पहिलो, संस्कृति दोश्रो तथा एलआरआई तेश्रो भए । संस्कृतिकी शशिका अमात्य उत्कृष्ट खेलाडी, प्रिमियरकी डायना राजभण्डारी उत्कृष्ट गोलरक्षक र प्रिमियरका सुरज महर्जन उत्कृष्ट प्रशिक्षक चुनिए


