श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृत शुभारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ८ गते, मंगलवार १०:३५

काठमाडौँ — पुस ८।

वैदिक हिन्दू सनातन धर्मको संरक्षण तथा प्रचारप्रसार हेतु राजधानीको कमलपोखरीस्थित अग्रवाल भवनमा श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृत आज देखि शुभारम्भ भएको छ । पाैष११ गते सम्म संचालन हुने श्रीमद मा अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले आयोजना गरेको पाँच दिने श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृतको कलशयात्रा बसन्तपुर स्थित सानो पशुपतिनाथ मन्दिरबाट शुरु भई मख्खन गल्ली,भोटाहिटी, कमलादी हुँदै अग्रवाल भवनमा पुगेर समापन भएको थियो । विश्व प्रख्यात भागवत वाचक श्रद्देय लाल गोविन्द प्रभुजीद्वारा कथा वाचन पाँच दिनसम्म हरेक दिन दिउँसो तिन साझ छ बजे देखि संचालन हुने आयोजकले जनाएको छ ।

आयोजक अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले सम्पूर्ण श्रद्दालु भक्तजन तथा सनातन हिन्दु धर्मावलम्वीहरुमा श्रीमद (धुर्व र प्रह्लाद चरित्र) भागवत कथामृतको श्रवणगरी लाभ लिनुहुन सम्पूर्ण मा आह्वान गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु