दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज इसाई धर्माबलम्बीहरुको महान पर्व मेरी क्रिसमस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ९ गते, बुधबार ७:१८

काठमाडौ। डिसेम्बर महिनाको २५ तारिख आज बुधबार इसाई धर्माबलम्बीहरुको महान पर्व मेरी क्रिसमस परेको छ। नेपालमा पनि इसाई धर्माबलम्बीहरुले विभिन्न कार्यक्रम गरेर धुमधामकासाथ मनाउने कार्य भैरहेको छ।

दुई हजार १९ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो। कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो। येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ। येशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।

पछिल्ला समय नेपालमा पनि यो धर्म अँगाल्नेहरु बढेका छन्। हाल नेपालमा आठ हजार पाँच सय गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान गरिएको छ।

यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदै आएकोमा यो बर्ष सरकारले सार्वजनिक विदा दिएको छैन्। क्रिश्चियन धर्माबलम्वीहरुलाई मात्र विदा भनेर क्यालेण्डरमा उल्लेख गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु