तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एक्सेल्सियर यु–१२ फुटबलको सेमिफाइनलमा प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ९ गते, बुधबार १८:४६

काठमाडौं, पुस ९ । एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्टलाई ५–२ गोलले पराजित ग¥यो । एक्सेल्सियरका जोयल लामाले ४ तथा निभान पौडेलले १ गोल गरे । रेडिअन्टका खडक रावत र सरिश खड्काले गोल गरे । सोही स्पर्धामा युकेश नेगी र कुलदेव तितुङको ह्याट्रिकमा किड्स लर्निङले काष्ठमण्डपलाई ६–१, ग्रिनफिल्डले रातो बंगलालाई ४–३ तथा पुष्पसदनले बृहस्पतिलाई ३–१ गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१६ ब्वाइज फुटबलमा महामञ्जुश्रीले काष्ठमण्डपलाई ४–३, ग्रिनफिल्डले ग्यालेक्सीलाई ३–२, बृहस्पतिले इलाइट को–एडलाई ४–० तथा एक्सेल्सियरले एलआरआईलाई ३–० गोलले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
बास्केटबलको सिनियर ब्वाइजमा डिफेन्डिङ च्याम्पियन रेडिअन्टले ग्रिनफिल्डलाई ६०–५४, महामञ्जुश्रीले विद्योदयलाई ४२–१७ तथा न्यु जेनिथले एलआरआईलाई ४५–१७ ले पन्छ्याउदै सेमिफाइनलमा पुगे । जुनियर ब्वाइजमा महामञ्जुश्रीले ग्रिनफिल्डलाई २०–१६ तथा पिपुल्स एकेडेमीले बिग बुद्धलाई २७–१० ले निराश पार्दै सेमिफाइनलमा स्थान बनाए । गल्र्समा एलआरआईले स्किब्समाथि २०–१२ को जित दर्ता गर्दै सेमिफाइनल यात्रा तय ग¥यो ।

साइपाल सेमिफाइनलमा
साइपाल एकेडेमी प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
साइपालले जनप्रेमीलाई १–० गोलले पराजित ग¥यो । साइपालका अस्मित घिमिरे ‘म्यान अफ द म्याच’ घोषित भए । यो खेलसंगै सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा साइपालको भेट लिटिल एन्जल्स (एलए) संग हुने छ भने आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेजले सैनिकको सामना गर्ने छ ।

रोजबड समूह विजेता
आयोजक रोजबड चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बुधबार समूह ‘सी’ को विजेता भयो ।
एक खेल अगावै क्वाटरफाइनल पुगेको रोजबडले आफ्नो लिगको अन्तिम खेलमा समृद्धिलाई ५४–४१ ले पराजित ग¥यो । रोजबडका जोन सुनुवारले १९ अंक जोडे । समृद्धि पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनल पुग्न सफल भयो ।
अर्को खेलमा सीसीआरसीले युनिग्लोबलाई ६३–३९ ले हराउदै क्वाटरफाइनलमा प्रवेश ग¥यो । सीसीआरसीका निमाले १७ स्कोर गरे ।
बुधबारको खेलसंगै क्वाटरफाइनल समीकरण पनि तयार भयो । क्वाटरफाइनल सीसीआरसी र समृद्धि, ह्वाइटहाउस र ट्रिनिटी, टाइम्स र रोजबड तथा जेभियर इन्टरनेसनल कलेज र ज्ञान निकेतनबीच हुने छ ।

हिमरश्मी सेमिफाइलनमा
हिमरश्मी पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । नेफ र साइपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा हिमरश्मीसंगै पशुपति र विनायक पनि सेमिफाइनलमा पुगे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु