दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले १२औं वार्षिकाेत्सव भब्यताका साथ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष १० गते, बिहीबार १२:१७

काठमाडाै । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले १२औं वार्षिकाेत्सव भब्यताका साथ सम्पन्न गरेकाे छ । राष्ट्रिय सभाका सांसद तथा गायिका काेमल वलीकाे प्रमुख आतिथ्यमा सुरु भएकाे कार्यक्रममा विभिन्न पेशा व्यवसायमा आवद्ध १३ जना व्यक्तित्वलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा पुर्व मिस नेपाल तथा फेसन डिजाईनर उषा खड्गी, ब्युटिसियन सिता न्याैपाने, अभिनेत्री सरिता लामिछाने, समाजसेवी दिक्षा चापागाईं , मेक अप आर्टिष्ट रायन मङ्गाेलियन लगाएतलाई खादा, कदर पत्र र मायाकाे चिनाे दिई सम्मान गरिएकाे थियाे ।कार्यक्रमा विभिन्न कलाकार र गायकहरुले प्रस्तुती दिएका थिए ।

महिला र पुरुष दुबैका लागी फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको फेसियल हाउस सुन्धारा स्थित काठमाडाैंमल र बालाजु बिजि मलको चौथो तलामा संचालित छ । कार्यक्रमलाई सम्बाेधन गर्दै रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाश कुमार श्रेष्ठले रश्मिलाज फेसियल हाउस एण्ड ब्युटि केयर लाई माया र विश्वास गर्ने सम्पुर्णलाई धन्यवाद भन्दै आगामी दिनमा थप सुविधायुक्त बनाएर लैजाने बताए।

प्राय सबै सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरकी संचालक सिनियर ब्युटिसियन रश्मिला श्रेष्ठ हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु