काठमाण्डौंबाट नुवाकोट जाँदै गरेको ट्रिपर तिनपिप्लेमा दुर्घटना, दुई जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार ११:३०

काठमाण्डौं । पुस ११। काठमाण्डौंबाट फोहर लिएर नुवाकोट जाँदै गरेको गाडी तिनपिप्लेमा अचानक दुर्घटना हुंदा दुई जनाको ज्यान गएको छ ।
तारकेश्वर नगरपालीका ३ मा फोरमैला बोकेर जाँदै गरेको ना२ख ३३३८ नम्बरको गाडी आज बिहान ८ बजे तिर दुर्घटना भएको हो । सडक देखि करीब ५० मिटर तल खसेको उक्त गाडी दुर्घटनाको कारण खुल्न सकेको छैन । गाडी दुर्घटनामा दुई जना च्यापीएको अवस्थामा रहेको बालाजु प्रहरीका डिएसपी रञ्जीत सिंह राठौरले जानकारी दिनुभयो । उनिहरु गाडीका चालक र सहचालक रहेको अनुमान गरिएको । उनिहरुको उद्धाराकार्य भइरहेको बताइएको छ ।

थप जानकारी आउन बाकी …….
फोटो दिपक काकी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु