गुरुङको नेतृत्वमा ‘सेभ द नेशन मुभमेन्ट’ सुरुकेपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिक

एक्सेल्सियरलाई फुटबलमा दोहोरो उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार १९:५०

काठमाडौं, पुस ११ । एक्सेल्सियर स्कुलले आठौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा शुक्रबार दोहोरो उपाधि जितेको छ । एक्सेल्सियर ब्वाइज÷गल्र्सको यु–१६ उमेरसमूहमा पहिलो भयो । यु–१२ ब्वाइजमा फाइनल पुगे पनि एक्सेल्सियर चुक्यो ।
स्वयम्भूस्थित घरेलु मैदानमा भएको यु–१६ ब्वाइज फाइनलमा एक्सेल्सियरले महामञ्जुश्रीलाई १–० गोलले पराजित ग¥यो । धीरज जोशीले निर्णायक गोल गरे । यु–१६ गल्र्सको उपाधि भिडन्तमा एक्सेल्सियरले ग्यालेक्सीलाई १–० गोलले नै हरायो । एफ्रोजा श्रेष्ठले गोल गरिन् । यु–१२ ब्वाइज फाइनलमा किड्स लर्निङले एक्सेल्सियरलाई ५–० गोलअन्तरले पाखा लगायो । किड्स लर्निङका कुलदेव तितुङले ह्याट्रिक तथा युकेश नेगीले २ गोल गरे ।
यु–१२ ब्वाइजमा जोएल लामा, यु–१६ गल्र्समा श्रीदिना अधिकारी र यु–१६ ब्वाइजमा धीरज जोशी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टत्रय एक्सेल्सियरका हुन् । यु–१२ ब्वाइजमा किड्स लर्निङका संकल्प विष्ट, यु–१६ गल्र्समा एक्सेल्सियरकी दिपिना लामा र यु–१६ ब्वाइजमा एक्सेल्सियरकै दिपायन पोखरेल उत्कृष्ट गोलरक्षक चुनिए ।
यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १२ र यु–१६ गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्स फुटबल पहिलो पटक समावेश गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु