आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

विनायकले पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार १९:५५

काठमाडौं ।
विनायकले पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा विनायकले हिमरश्मीलाई १–० गोलले पराजित ग¥यो । प्रणव कोइरालाले निर्णायक गोल गरे । चावहिलको गणेशथानमा तेश्रो स्थानका लागि भएको खेलमा कौस्तुभले पशुपतिलाई ३–० गोलले हरायो ।
प्रतियोगितामा विनायकका सतिश थापा उत्कृष्ट खेलाडी, हिमरश्मीका ईश्वर गुरुङ उत्कृष्ट गोलरक्षक र कौस्तुभका विवस मगर उत्कृष्ट स्ट्राइकर घोषित भए ।
यसै प्रतियोगिताका २० उत्कृष्ट खेलाडीलाई साइपाल एकेडेमीले प्लस टु अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति पनि प्रदान गरेको छ । साइपालका प्रिन्सिपल सुमन नगरकोटीले उनीहरुलाई प्रमाण पत्र प्रदान गरे । त्यस्तै नर्वेमा जुलाईमा हुने गोथिया कप मैत्रीपूर्ण फुटबलका लागि पनि यसै प्रतियोगिताबाट २० खेलाडी छनोट गरिएको छ ।
विजेतालाई पूर्व मन्त्री अर्जुननरसिंह केसी, नेफका अध्यक्ष नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ६४ टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु