काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार २२:३७

काठमाडौं । देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर तराईका मध्य तथा पश्चिमी भूभागहरुमा बाक्लो हुस्सुर कुहिरो लाग्ने मौसमविदले बताएका छन् ।

राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिएको मौसमविदको भनाई छ । चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न र सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकाको हिजो बिहीबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको थियो । बिहीबार बिहान काठमाडौँको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएको थियो ।

आज शुक्रबार बिहान पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस मापन गएिको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु