दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सागमा पदक जित्ने मकवानपुरका खेलाडी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष १३ गते, आईतवार ८:२९

काठमाडौं ।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल मकवानपुरका खेलाडीलाई मकवानपुरे समाज काठमाडौंले शनिबार नगदसहित सम्मान गरेको छ ।
सागको विभिन्न खेलमा मकवानपुर निवासी खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कांस्य नेपाललाई दिलाएका थिए । करातेमा महशुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सन्जिवकुमार ओझा र निशा दर्नालले स्वर्ण जितेका थिए ।
शिलु डंगोलले उसु, माया स्याङतान र निकेश मगर बास्केटबल तथा ह्यान्डबलमा देवकुमारी बाँस्कोटाले रजत हात पारेका थिए । कांस्य जित्नेमा करातेमा रिता कार्की, उसुमा हरिप्रसाद गोले, खो खोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकाश लामा छन् ।
खेलाडीलाई पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँ, रोज बहिनी ग्रुप अफ कम्पनीका संरक्षक तथा मकवानपुरे समाजका सल्लाहकार माधवप्रसाद भण्डारी, मकवानपुरे समाजका अध्यक्ष अरुणकुमार गुरुङलगायतले सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु