दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल भ्रमण वर्ष २०२० लाई लिएर सरकारले विश्वका प्रसिद्ध टावर तथा भवनहरुमार्फत् नेपाली झण्डा प्रदर्शन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष १३ गते, आईतवार १४:४१

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई लिएर सरकारले विश्वका प्रसिद्ध टावर तथा भवनहरुमार्फत् नेपाली झण्डा प्रदर्शन गर्ने भएको छ । भ्रमण वर्षको प्रचार–प्रसारका लागि सरकारले यस्तो नीति लिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै मन्त्री भट्टराईले गैरआवासिय नेपाली सङ्घ ९एनआरएनए०को सहयोगमा विदेशी भूमिमा नेपाल र नेपाल भ्रमण वर्षबारे प्रचार प्रसार गर्न लागिएको बताएका छन् ।

भ्रमण वर्षको प्रचार–प्रसारमा एनआरएनए अध्यक्ष कुमार पन्तलाई सहयोग गर्न अनुरोध गरेकोमा उनले सहर्स स्वीकारको भट्टराईको भनाइ छ ।

नेपाली झण्डा सहित भ्रमण वर्षको लोगो अष्ट्रेलियाको सिड्नी, विलिटन न्युजरल्याण्ड, जापानको टोकियो लगायतका मुख्य–मुख्य सहरहरुमा डिसेम्बर ३१ का दिन प्रदर्शन गरिने छ ।

नयाँ वर्षको अवसर र भ्रमण वर्षको स्वागत कार्यक्रम अन्तरगत यस्तो कार्यक्रम तय गरिएको मन्त्री भट्टराईले जानकारी दिएका छन् ।

भिजिट नेपाल २०२० को उद्घाटन कार्यक्रम भने जनवरी ७ मा विविभिन्न देशका दुतावासहरुमा र दुतावास नभएका देशहरुमा भने एनआरएनएको सहायतामा विभिन्न स्थानहरुमा गरिने छ । नेपालमा भने जनवरी १ मा दशरथ रङ्गशालामा वृहत कार्यक्रम गरी राष्ट्रपतिद्वारा उद्घाटन गरिने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु