साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

तपाईलाई म्यासेन्जरमा यस्तो म्यासेज आयो सावधान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार ०७:१४

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा म्यासेज भाइरल बनेको छ । तपाईंलाई आएको उक्त म्यासेजमा क्लिक गर्नुभयो भने घण्टी भएको ठाउँ खुल्छ ।

त्यसलाई पनि क्लिक गरेमा नयाँ वर्ष २०२० को शुभकामना प्राप्त हुन्छ । यो म्यासेजलाई तपाइले अन्य साथीहरुलाइ पनि पठाउने व्यवस्था मिलाइएको छ । जसका लागि तपाइले बक्समा कुनै साथीको नाम लेख्नुभयो भने उक्त म्यासजे अरुलाई पनि जानेछ ।

यो म्यासेजलाइ सामाजिक सञ्जालमा भाइरस भनेर समेत चर्चा गरिएको थियो । वास्तवमा यो नयाँ वर्षको शुभकामना दिनका लागि बनाइएको एउटा तरिका मात्र भएको जनाइन्छ । म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज भाइरस झै भाइरल बनेको भने पक्कै हो । यस्ता म्यासेजबाट तपाइको फेसबुक एकाउन्टमा अनाधिकृत पहुँच राख्न सक्ने खतरा भने रहन सक्छ ।

यस्ता खालका म्यासेजले तपाईंको फेसबुक ह्याक हुने, अरूसँग गरिएका गोप्य कुराकानी बाहिरिने सम्भावना पनि रहन सक्छ । तपाईंको फेसबुक म्यासेन्जरमा पनि साथीको सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला । ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भनेर लेखिएको उक्त म्यासेज शुभकामनाका दिने प्रयोजनका लागि बनाइएको जनाइन्छ । यो म्याजेस अझै केही दिन चल्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु