साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

ज्यूदो छ मान्छे कहाँ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार १५:५६

ज्यूदो छ मान्छे कहाँ?

छन्द-शार्दुलविक्रीडित

जस्ले पोख्छ सधैं सिंचेर पसिना भोकै तिनै मर्दछन्
उल्फाको धनमा डकार जसको राजा उनै बन्दछन्
रोगीमा अझ रोग बढ्छ किन हो भेट्दा ठुला डाक्टर
पैसाको भुमरी सबैतिर यहाँ मान्छे कहाँ बस्छर?

द्यौता मन्दिरमा लुकेर किन हो झन् मग्नमा बस्दछन्
सेता वस्त्र भिरेर पण्डितहरू भेटी तिरै मस्तछन्
कालो कोट लगाउने वकिलले फोक्सो चिथोर्ने यहाँ
ज्यूँदो लास नयाँ भयो शहर यो बस्दैन मान्छे जहाँ।।

लेखिन्छन् कविता जुठा कलमले दुष्कर्म भुल्ने गरि
देखिन्छन् रमिता झुठा भजनका सर्वाङ्ग खुल्ने गरि
आशाको मसिनो धजा मखमली पासो बनेको यहाँ
लासैलास जताततै शहरमा ज्यूँदो छ मान्छे कहाँ ?

सासै फेर्न कठोर यो शहरमा खाली कतै देख्दिन
सुख्खा ओठ भिजाउने जल यहाँ खोज्दा कतै भेट्दिन
बाटो छैन जताततै छ धुइरो हल्ली र खल्ली यहाँ
बस्ने आँट भएन यो बगरमा भेटिन्न मान्छे जहाँ।।

क्रमशः

शम्भु गजुरेल
नुवाकोट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु