• बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा घट्ने चिसो बढ्ने सम्भावना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार १६:००

    काठमाडौँ, पुस १५ । पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा आज हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको संभावना रहेको जनाइएको छ । सोे प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँले बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा घट्ने चिसो बढ्ने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु