गलाक मुवाँथाई फाइट हुनेपहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदैआज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आज

अब घर मालिकले घर वा कोठा भाडामा लिनेको विवरण नजिकैको प्रहरी कार्यालयलाई बुझाउनुपर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार २१:२५

काठमाडौँ – अब घर मालिकले घर वा कोठा भाडामा लिनेको विवरण नजिकैको प्रहरी कार्यालयलाई बुझाउनुपर्ने भएको छ । गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाण्डौ उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा लिई अपराधिक गतिविधिहरु हुनेगरेको भन्दै गृह मन्त्रालयले त्यसरी भाडामा लिएको कोठा वा घर छाडेको जानकारीसमेत प्रहरीलाई गराउन निर्देशन दिएको हो । विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएको गृहले जनाएको छ।

बैठकको निर्णय अनुसार घरभाडामा दिने र लिने व्यक्ति/संस्था/कार्यालयले घरभाडामा दिंदा र लिंदा आफ्नो घरमा भाडामा बस्ने ब्यक्तिरसंस्थारकार्यालयको परिचय खुल्ने कागजात सहितको विस्तृत विवरणरजानकारी एवं छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्नुपर्ने छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राई र तीनै सुरक्षानिकायका प्रमुख उपस्थित थिए ।

केही समयअघि प्रहरीले काठमाडौँमा घर भाडामा लिई अपराधिक गतिविधि संचालन गर्दै आएका १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु