• एम्बुलेन्स बिग्रिदा महिलाहरुलेनै सुत्केरी बोकेर पुर्याए स्वास्थ्यचौकी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ पुष २०७६, बुधबार १३:५१

    बिर बहादुर राना
    १६,पुष जुम्ला
    जुम्लामा हिँउदको समयमा प्रया महिला, बालबालिका र बुढा बुढीहरु मात्र बस्छन पुरुषहरु सबै भारत र नेपालको विभिन्न शहर हरुमा ब्यापारको सिलसिलामा जाने गर्दछन । यहि हिँउदको समयमा बिरामी हुदा र सुत्केरी हुदा महिला हरुलेनै बोकेर स्वास्थ्यचौकी लान बाध्य छन । एस्तै बिरामी हुदा सुत्केरी हुदा सजिलोहोस् भनेर सिञ्जागाउँपालीकाले किनेको एम्बुलेन्स बिग्रिदा सिञ्जागाउँपालीका वडा न. २ रनुखानाकी मागी नेपाली लाई सुत्केरी व्याथा लाग्दा महिलाहरुले एम्बुलेन्स बोलाउन खोज्दा बिग्रिएको थाहाँ पाएपछी महिलाहरुलेनै बोकेर स्वास्थ्यचौकी पुरायका छन् ।
    दुर्गम क्षेत्रमा एम्बुलेन्स बिग्रिदा बनाउने ठाँउ नजिक नहुदा सामानहरु लिनलाई नेपालगंन्ज आएर लिनुपर्ने भएकाले ढिलाइ भएको सिञ्जागाउँपालीकाका अध्यक्ष देवल सिंह रावलले बताउनु भयो ।
    सामाजीक संजालमा जनप्रतिनिधिले एम्बुलेन्स चडेर बिगे्रको भनाइहरु आइरहेको छ । त्यो सत्य नभएको हामीले स्वास्थ्यचौकी लाई जिम्मा दिइसकेपछि कर्माचारीले हेनुपर्ने हो फेरी सबै जनप्रतिनिधिहरु पालिकामा आफ्नै गाडी र सबै वडा अध्यक्षहरुको आफ्नै साधनहरु भएको सिञ्जागाउँपालीका वडा न. ३ काअध्यक्ष नबिन शर्माले बताउनु भयो ।
    एम्बुलेन्सको सामानहरु लिनलाई ड्राइभर नेपालगंन्ज गएकोछ छिटै यस्को मर्मत गरिने छ सिंजागाँपालिकामा सबै वडा हरुमा मोटर बाटो पुगेको छ अबका दिनहरुमा सिंजागाँपालिका बासिहरुले यस्तो दुख नपाउने गाँउपालीका अध्यक्ष देवल सिंह रावललले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु