पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०८:३७

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि गरेको छ ।

बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय रुपैयाँ पुगेको छ ।
हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै रहेको निगमले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु