
काठमाडौं । चलचित्र ‘लभ डायरिज’ मा समावेश ‘छमछम’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको रहेको छ । गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको आवाज रहेको छ ।
भिडियोमा फिल्मका शीर्ष कलाकार सुशील क्षेत्री, रुविना थापा र विश्वजीत रिमाललाई देख्न सकिन्छ । साथै भिडियोमा ट्वीनी गर्लस् प्रिन्सी र प्रिज्मा खतिवडाले पनि नृत्य गरेका छन् । बिहेको माहोललाई देखाइएको गीत फिल्मको प्रचारमा सहयोग पुगोस् भनेर यो गीत सार्वजनिक गरेको निर्माण टीमले जनाएको छ ।
सौरभ चौधरीलको निर्देशन रहेको फिल्म प्रणय दिवसको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शनमा आउने छ । फिल्ममा मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन छ । यस्तै फिल्मलाई सञ्जय लामाले खिचेका हुन् भने विनोद सापकोटाले निर्माण गरेका हुन् ।


