केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

हल्का वर्षा सगै जाडो बढयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार १८:३८

काठमाडौं । आज काठमाडौंसहित पूर्वी र पश्चिमका केही जिल्लामा हल्का वर्षा भएको छ । यसले गर्दा काठमाडौं वरिपरी चिसो थप बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।“अहिले काठमाडौंसहित पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ । केही स्थानहरुमा हिमपात पनि भइरहेको खबर प्राप्त भएको छ,” उनले पछिल्लो मौसमी अवस्थाका बारेमा जानकारी गराउँदै भनिन्, “काठमाडौंमा अलिअलि वर्षा भएको छ । विशेषगरी पूर्व र पश्चिमी भेगमा पानी परेको छ । भोलि पूर्णरुपमा बदली हुने र वर्षाको सम्भावना छ ।”

“देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ,”मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
उनका अनुसार राति पनि यी स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हुम्लासहित उच्च पहाडी जिल्लामा आसपासमा हिमपात भइरहेको उनले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु