दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नयाँ पुस्ता नरहे पुरानो पुस्ता पनि रहन सक्दैन : महानगरीय प्रहरी प्रमुख पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष १८ गते, शुक्रबार १३:०२

काठमाण्डौं, १८ पौष – महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलले नयाँ पुस्ता नरहे पुरानो पुस्ता पनि रहन नसक्ने बताएका छन् । महानगरिय प्रहरी वृत्त, कमलपोखरी र जेभियर इन्टरनेशनल कलेजको संयुक्त आयोजना तथा सामुदायिक सेवा केन्द्र नक्साल र कालोपुलको सह आयोजनामा शुक्रबार कालोपुल स्थित हिरारत्न कम्प्लेक्समा आयोजित सचेतना मुलक नाटक प्रदर्शनी कार्यक्रम माझ उनले सो धारणा राखेका हुन । नायब महानिरिक्षक पोखरेलले उदाउँदो पुस्ताको वर्तमान र भविष्य प्रति पुरानो पुस्ताले गम्भिर ढंगले सोच्न आवश्यक रहेको र सोका लागि आफ्ना सन्तानलाई माया, ममता र समय दिन आवश्यक रहेको बताउनुका साथै नयाँ पुस्ताले आफ्ना अभिभावकले आफु माथि गर्दै आएको लगानी र प्रेमलाई नजर अन्दाज गर्न नहुने स्पष्ट पारे । महानगरिय प्रहरी प्रमुख पोखरेलले विद्यार्थीहरुलाई लक्षित गर्दै दुर्ब्यसनमा फसिसकेपछि जीवनमा धेरै दुख, कष्ट, हण्डर र पिडा भोग्नु पर्ने बताउँदै त्यस्ता खालका कुलतबाट टाढै रहन आग्रह गरे ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै जेभियर इन्टरनेशनल कलेजका प्रिन्सिपल गोपाल भण्डारीले लागु औषध दुर्ब्यसनीले जीवनलाई क्षत विक्षत बनाउने उल्लेख गर्दै यस्ता कुलतबाट टाढै रहन विद्यार्थीवर्गलाई आग्रह गरे ।
कार्यक्रममा महानगरिय प्रहरी वृत्त, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक भरत बाबु विकले लागु औषध दुर्ब्यसनबाट आक्रन्त समाजले देशलाई अधोगति तर्फ धकेल्ने बताउदै देशका उर्जावान युवालाई सक्षम, स्वाभिमानी र कर्मशील बन्न उत्प्रेरित गर्न सचेतनामुलक कार्यक्रमको खाँचो महशुश हुँदै गएको बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठले नागरिक समाज र प्रहरी बीचको साझेदारीले लागु औषध दुर्ब्यसनलाई निरुत्साहित गर्न फलदायी बन्दै आएको बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, कमलपोखरी ट्राफिक इन्चार्ज प्रहरि निरिक्षक सुनिल कार्की, युवा ब्यवसायी भरत लामिछाने, नगरवासी, समाजसेवी, बुद्धिजिवी, विद्यार्थीको उपस्थिती रहेको थियो । सो अन्र्तकृया कार्यक्रममा नक्साल सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज वसन्तकुमार थापाले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु