
नुवाकोट, १८ पौष – नुवाकोट जिल्ला लिखु गाउँ पालिका स्थित थानसिङ् हुँदै ककनी जाने ग्रामिण मोटर बाटोको लागि उपभोक्ता गर्ने भेलामा गत पौष सत्र गते छहरे सडक खण्डमा आफ्ना कार्यकर्ता माथि सांघातिक हमला भएको भन्दै राष्ट्रिय युवा संघ नेपाल नुवाकोटले गम्भिर ध्यानाकर्सण भएको जनाएको छ । संघका जिल्ला कार्य समिति अध्यक्ष पशुपती थापाद्वारा हस्ताक्षरित बिज्ञप्ति मार्फत हमलामा पारि घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै आक्रमणमा संलग्न उपर कानुनी कार्वाही अगाडी बढाउन जोडदार माग गरेको उल्लेख गरिएको छ । (प्रेस बिज्ञप्ति सहित)



