तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल घोडचढी संघको आयोजनामा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता पुस २५ गतेदेखि हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष १९ गते, शनिबार ९:००

पुस १९ काठमाडौं ।
नेपाल घोडचढी संघको आयोजनामा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता पुस २५ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा टेन्ट पेगिङ, शो जम्प र हाइजम्पमा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रवि राजकर्णिकारले जानकारी गराए । २० पुरुष र ६ महिला गरी २६ राइडर एकदिने प्रतियोगितामा सहभागी हुने छन् । महिला खेलाडीको भने प्रतिस्पर्धा नभइ प्रोत्साहनका लागि स्पर्धा राखिएको आयोजकले जनाएको छ ।
पुरुषतर्फ तीनै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको पुरस्कार राशी समान राखिएको छ । पहिलोले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् । महिलामा सहभागी सबैलाई जनही ५ हजार पुरस्कार प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा घोडचढी संघ र तीन फरक संस्थासंग प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर भयो । संघका अध्यक्ष कर्णिकार, टिभीएसका सेल्स एन्ड विजनेश डेभलोप्मेन्टका जीएम दिपकप्रसाद रौनियार, कतार एयरवेजका सेल्स म्यानेजर सारिका बोगटी र मित्सुविसी र लिओन मोर्टसका प्रतिनिधि निभा सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । प्रायोजन वापत कतार एयरले नेपालदेखि जुनसुकै देशका लागि आतेजाते २ थान हवाइ टिकट संघलाई विक्री गर्न दिने भएको छ । बाँकी दुई संस्थाले संघलाई समान २–२ लाख प्रायोजन गर्ने भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु