केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

नेपाल चीन प्रतिष्ठानका पदाधिकारी र हङकङका युवा समूह बीच अन्तक्रिया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १९ पुष २०७६, शनिबार १२:५७

काठमाडौं, १९ पौष – नेपाल चीन प्रतिष्ठान र हङकङबाट नेपाल भ्रमणका लागि आएका युवाहरुबिच छलफल सम्पन्न भएको छ । उनीहरुबीच चिनिया सांस्कृती तथा पर्यटन मन्त्रालय मातहतको चिनिया सांस्कृतिक केन्द्रको समन्वयमा शुक्रबार महाराजगंजस्थित केन्द्रको परिसरमा छलफल भएको हो । छलफलका क्रममा भ्रमण दलका प्रतिनिधी मण्डलले नेपालको पर्यटन पूर्वाधार, शैक्षिक परिवेश, धर्म-संस्कृती, नेपाल चीन संबन्ध आदीका बिषयमा जिज्ञासा राखेका थिए । प्रतिष्ठान सम्बद्ध पदाधिकारीहरुले उनीहरुले सोधेका प्रश्नको जवाफ दिदै नेपाल प्राकृतिक सौन्दर्यता, सांस्कृतिक एवम् पुरातात्विक महत्व एवम् मानवियताको हिसावले विश्वकै अनुपम देश भएको जिकिर गर्दै यहाँको विकास प्रकृया र शैक्षिक अवस्था सुधारोन्मुख स्थितमा रहेको स्पष्ट पारेका थिए । साथै, जिज्ञासालाई सम्बोधन गर्ने क्रममा नेपालमा धार्मिक सहिष्णुता कायम रहदै आएको उल्लेख गर्दै नेपालले एक चीन निती लिदै आएको र जनस्तरबाट पनि त्यस निती ब्यवहारत लागु हुँदै आएको अवगत गराएका थिए । सयान्डी ल्याम नेतृत्वको तीस सदस्यीय विद्यार्थी मण्डल एघार दिने भ्रमणका लागि नेपाल आएको हो । नेपाल भ्रमण बर्षलाई लक्षित गर्दै चीन सरकारको सहयोगमा नेपाल आएको उक्त टोलीले पोखरा र आसपासका क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उक्त भ्रमण टोलीमा हङकङका विभिन्न विश्वविद्यालय तहमा अध्ययनरत युवा विद्यार्थीहरु समावेश छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु