दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज देखि मुलुकका अधिकांश भेगको मौसम खुला हुने जल तथा मौसम पूर्वानुमान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २० गते, आईतवार ८:४९

काठमाडौं, पुस २० -पश्चिमी वायुको प्रभाव शनिबार साँझदेखि कमजोर भएपछि मौसममा क्रमिक सुधार आउने भएको छ। आज आइतबारदेखि मुलुकका अधिकांश भेगको मौसम खुला हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र सोमबार देशभरकै मौसम सामान्यतया सफा हुने मौसमविद्ले बताएका छन् ।

अहिले काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्ने महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली भेगको मौसम आंशिक प्रभावित हुने भए पनि अन्यत्रको मौसम सुधार हुनेछ । ।शनिबार मध्यपश्चिम र सुदूरपश्चिमको तुलनामा काठमाडौं उपत्यकासहित मध्य र मुलुकको पूर्वीभेगको मौसम प्रभावित बनेको थियो।

मङ्गलबारदेखि भने नयाँ मौसमी प्रणाली देखिएकाले फेरि मौसम बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु