दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कामना अवार्ड २०७६ राजधानीमा भव्य समारोह बीच सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २० गते, आईतवार ९:११

काठमाडौं । कामना अवार्डको पाँचौं संस्करण सम्पन्न भएको छ । सिजि ईन्टरटेन्मेन्टले प्रस्तुत गरेको कामना अवार्ड २०७६ राजधानीमा भव्य समारोह बीच सम्पन्न गरिएको हो । समारोहमा पर्दामा लगतार योगदान दिदै आईरहनुभएका बरिष्ठ कलाकार नीर विक्रम शाह र पर्दा पछाडी निरन्तर योगदान दिदै आईरहनुभएका सन्तु तामाङलाई लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

अवार्ड समारोहमा पुराना कालजयी गीत संगीतको प्रस्तुतीहरु रहेको थियो । शुशिल पौडेलद्धारा लिखित फिल्मले पटकथा सहित सहित फिल्म, निर्देशक र नायक नायिकाको अवार्ड समेत हात पारेका छन् । विपिन कार्की र नम्रता श्रेष्ठ उत्कृष्ट नायक नायिका घोषित भएका हुन् । यस्तै पब्लिक च्वाईस अवार्डमा भन्ने स्वस्तिमा खड्का उत्कृष्ट भईन् ।

यता फिल्म हरीले जुरी अवार्ड प्राप्त गर्दा नव नायिकामा फिल्म ए मेरो हजुर ३ बाट सुहाना थापाले अवार्ड पाईन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिनीकाजी महर्जन, प्रहरी प्रमूख सर्वेन्द्र खनाल लगायतको उपस्थिती रहेको थियो ।

राजेश हमालदेखि भुवन केसी र मिथिल्ला शर्मा, गौरी मल्ल देखि करिश्मा मानन्धर, झरना थापा हुदै सुहाना थापा सम्मको उपस्थिती अवार्ड समारोहमा रहेको थियो । यस्तै शम्भुजित बाँस्कोटादेखि नीर शाह सम्मका दर्जन विशिष्ट कलाकर्मीहरुको उपस्थिती विशेष थियो । कार्यक्रममा कोरियोग्राफर कविराज गहतराज, नरेश वीर सिंहदेखि पल शाह र पुजा शर्मासम्मले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

अवार्ड विजेताहरु :

फिल्म​ : प्र​साद
निर्देश​क : दिनेश​ राउत​, प्र​साद​ ​
नाय​क : बिपिन​ कार्की, प्र​साद​
नायीका : न​म्र​ता श्रेष्ठ​, प्र​साद​
काम​ना प​ब्लिक च्वाईस​ अवार्ड​ : स्व​स्तिमा ख​ड्का
स​ह​ अभिनेता : द​याहाङ्ग​ राई, साइँली
स​ह​ अभिनेत्री : प्रियंका कार्की, नाई न​भ​नु ल​ ५
डेब्यु नाय​क : उमेश​ थापा, बोवी
डेब्यु नायिका : सुहाना थापा, ए मेरो ह​जुर ३
सिजी क्रिटिक्स​ अवार्ड​ थिएट​र :​ सिर्ज​ना सुब्बा
सिजी क्रिटिक्स​ अवार्ड​ फेश​न​ : ज्ञानी शोभा तुलाधार​
सिजी क्रिटिक्स​ अवार्ड​ संगीत​ : न्ह्यु ब​ज्राचार्य​
काम​ना जुरी अवार्ड​ : ह​री
कथाकार : ख​गेन्द्र​ लामिछाने, ड​म​रुको ड​ण्डीबियो
डेब्यु निर्देश​क : छेतेन​ गुरुङ्ग​, ड​म​रुको
ख​ल​पात्र​ : प्र​मोढ​ अग्र​ह​री, कथा काठ​माण्डु
स​म्पाद​क : निमेष​ श्रेष्ठ​, ड​म​रुको ड​ण्डीबियो
प​ट​कथा​ : शुशिल​ पौडेल​, प्र​साद​
संवाद : दीप​कराज​ गिरी, छ​क्का प​ञ्जा ३
हाँस्य​ कलाकार​ : केदार​ घिमिरे, छ​क्का प​ञ्जा ३
बाल​ कलाकार​ : सेड्रिना श​र्मा, नाई न​भ​नू ल​ ५
कोरियोग्राफ​र​ : कविराज​ ग​ह​त​राज​, छ​क्का प​ञ्जा ३
द्व​न्द्व​ निर्देश​क ​ : शुक्र​राज​ शाह​, भिलेन​
पाश्व्व​ संगीत​ : एलिश​ कार्की, ड​म​रुको ड​ण्डीबियो
संगीत​कार​ : ब​स​न्त​ साप​कोटा, नाई न​भ​नु ल​ ५
गीत​कार​ : दिनेश​ थ​प​लिया, तिम्रो आँखामा, नाई न​भ​न्नु ल​ ५
गाय​क : हेम​न्त​ रानाम​ग​र​, साईली
गायिका : अञ्जु प​न्त​, सँग​सँगै, बाँध​ मायाले
सिनेमाटोग्राफ​र​ : पुरुषोत्त​म​ प्र​धान​, नाई न​भ​न्नु ल​ ५
ध्व​नी मिश्र​ण​ : सुन​य​मान​ श्रेष्ठ​, छ​क्का प​ञ्जा ३
श्र​ङ्गार​ : श्याम​ लामा, च​क्कर​
लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ कला : नीर​ बिक्र​म​ शाह​
लाईफ​टाईम​ एचिभ​मेन्ट​ अवार्ड​ प्राविधिक : स​न्तु तामाङ​
पुस्कर​लाल​ मिडिया अवार्ड​ आर​ के मान​न्ध​र​ (अध्य​क्ष​, ईमेज​ ग्रुप​ अफ​ कम्प​नी)
फिल्मी फण्डाबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु