साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

घोराहीमा महिला चेम्बर र सनराइज बैंकको आधारभुत लेखा तथा कर निति बारे अभिमुखीकरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २० पुष २०७६, आईतवार ०९:३७

घोराही, पुस २०- दाङको घोराहीमा एक दिने आधारभुत लेखा तथा कर निति वारे अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । घोराही चेम्वर अफ कमर्शका अध्यक्ष मञ्जु वज्राचार्यको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम नेपाल महिला चेम्वर अफ कमर्शकी केन्द्रिय सचिव लिमा अधिकारीको प्रमुख आतिथ्यता तथा सनराइज बैँकको मुख्य कार्यालय काठमान्डौका चार्टर एकाउन्टेन्ट अभिषेक श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा सनराइज बैँक तुलसीपुर शाखाका प्रवन्धक प्रविण अधिकारी, चेम्वर सम्बद्ध ब्यवसायी तथा अन्य उद्यमी ब्यवसायीहरुको उलेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घघाटन कार्यक्रमकी प्रमुख अतिथी महिला चेम्बरकी सचिव लिमा अधिकारीले गरेकी थिईन् । कार्यक्रमको उदघाटन पस्चात सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा उनले महिला चेम्बरले ब्यवसाय मैत्री वातावारणलाई प्राथमिकता राख्दै महिला सशक्तिकरण माथि जोड दिदै आएको बताईन् । कार्यक्रम माझ घोराही चेम्वरका उपाध्यक्ष दुर्लभ केसीले स्वागत मन्तब्य राख्दै अभिमुखिकरण तालिमको खाँचो औंल्याएका थिए ।

झन्डै २ सय ३० ब्यवसायीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले घोराही चेम्वरले नव आगन्तुक र ब्यवसाय गरीरहेका ब्यवसायीहरुलाई लक्षित गरि महत्वपुर्ण कार्यक्रम गरेको भन्दै चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन घोराही चेम्बरका सचिव रजिव उल्लाह खाँले गरेका थिए । सो अवसरमा दाङ चेम्वर अफ कमर्शका अध्यक्ष श्रीधर महरा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन लगायतले शुभकामना मन्तब्य राखेका थिए भने समापन कार्यक्रमको सञ्चालन महासचिव विमल श्रेष्ठले गरेका थिए ।
आधारभुत लेखा तथा कर निति बारेको सो अभिमुखीकरण कार्यक्रमका सहभागीहरुलाई चार्टर एकाउन्टेन्ट श्रेष्ठले ब्यापार ब्यवसाय संचालन गर्दा ध्यान दिनुपर्ने कुरा, कम्पनी दर्ता,, लेखा, कर निति लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

गत भदौमा नेपाल महिला चेम्बर र सनराइज बैंकबीच भएको ब्यापार साझेदारी सम्झौता अनुरुप बैंकले आधारभुत लेखा तथा कर निति सम्बधी तालिम उपलब्ध गराएको हो ।

महिला चेम्बर सम्बद्ध उद्यमी ब्यवसायीहरुलाई तत सम्बन्धमा प्रशिक्षण तथा अभिमुखिकरण तालिम उपलब्ध गराउने सम्बन्धमा नेपाल महिला चेम्बरका केन्द्रिय अध्यक्ष उर्मिला श्रेष्ठ र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले यस अघि एक सम्झौतापत्रमा हस्ताक्षर गरि आपसी सहकार्यका लागि हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । घोराहीमा संचालित उक्त अभिमुखिकरण कार्यक्रम सोही सम्झौता मुताविक गरिएको हो ।

सोही अवसर माझ घोराही उपमहानगर चेम्वर अफ कमर्श मातहत घोराही महिला चेम्वर अफ कमर्श गठन गरिएको छ । महीला उद्यमी ब्यवसायीहरुको भेलाले सुमिता गिरीको अध्यक्षतामा ९ सदस्यिय समिति गठन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु