तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली फिल्म कम्पनी एबी इन्टरनेशनलले ‘लैला मन्जु’ नामक हिन्दी चलचित्र निर्माण गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २० गते, आईतवार १३:०४

काठमाडौं २०,पौष
नेपाली फिल्म कम्पनी एबी इन्टरनेशनलले ‘लैला मन्जु’ नामक हिन्दी चलचित्र निर्माण गर्ने भएको छ ।
एबी इन्टरनेशनलको बैनरमा निर्माण हुने चलचित्र
‘लैला मन्जु’ लाई बलिउडका चर्चित निर्देशक प्रेम राज सोनिले निर्देशन गर्नेछन्। निर्देशक प्रेम राज सोनिले भारतीय सुपरस्टारको फिल्म निर्देशन गरिसकेका छन् । यस्का निर्माता अमित बस्नेत छन् भने कार्यकारी निर्माता अजित कुमार थापा हुन् ।चलचित्रमा बलिउडका चर्चित कलाकारहरु रहने कार्यकारी निर्माता अजित थापाले जानकारी दिएका छन् ।चलचित्रको छायांकन अङ्ग्रेजी नयाँ बर्ष बाट प्रारम्भ भएको छ। यसको छायांकन नेपाल,बेलायत र भारतमा गरिनेछ । यहीँ बर्ष नै रिलिज तयारी रहेको यो चलचित्र लगानी नेपाली फिल्म मेकरको लागि एकदमै ठुलो बजेट हो ।

नेपाली चलचित्र जगतमा एउटा छुट्टै पहिचान बनाउदै स्थापना भएको कम्पनी हो एबी इन्टरनेशनल यो कम्पनीले नेपाली चलचित्र ´पासवर्ड`र ´समालिन्छ कहिले मन`नामक चलचित्र निर्माण गरिसकेको छ। यो कम्पनीले बिगत लामो समय देखि बलिउड चलचित्रमा लगानी गर्दै आएको छ ।
नेपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्र ‘लैला मन्जु’नेपाली बजारको लागि बिल्कुल फरक चलचित्र हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु