पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदैआज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥यो

आज शेयर सूचक १६.९ अंकले बढेर सूचक ११८२.३१ अंकमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २० पुष २०७६, आईतवार १६:३९

काठमाडौ ।आइतबार शेयर सूचकले छलाङ मारेको छ। आज १६.९ अंकले बढेर सूचक ११८२.३१ अंकमा रोकिएको छ। यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक ३.५१ अंकले बढेर २५५.६९ अंकमा पुगेको छ।
१ सय ७३ कम्पनीको कारोबार भएको आज २० लाख ८२ हजार कित्ता शेयर किनबेच हुदाँ ७१ करोड २३ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।
दोहोरो अंकले सूचक बढ्दा सबै उपसूचक बढेका छन्।
आज सबैभन्दा बढी जीवन बीमाको शेयर ८३.६८ अंकले बढ्दा निर्जीवन बीमाको शेयर ५९.२९ अंकले बढ्यो। यस्तै, माइक्रोफाइनान्स ४०.२४, विकास बैंक १९.३६, तथा बैंकिङ उपसूचकको शेयर १६.७४ अंकले बढ्यो।
कारोबार रकमको हिसाबले आज शिवम् सिमेन्ट सबैभन्दा माथी देखियो।
शिवम् सिमेन्टको आइतबार ५ करोड ६२ लाख २७ हजारको कारोबार हुदाँ एनआइसिएशिया बैंकको शेयर ४ करोड ३४ लाखको कारोबार भयो।

यस्तै, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयर ४ करोड २१ लाखको कारोबार हुदाँ नेपाल लाइफ इन्सुरेन्स, हिमालयन डिस्टिलरी लिमिटेडको शेयर २ करोड भन्दा बढीको कारोबार भयो।

साताको पहिलो दिन सबैभन्दा बढी नाफा कमाउनेमा ओमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। सबैभन्दा बढी गुमाउनेमा भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ता छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु