दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चन्चला सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २० गते, आईतवार १७:४८

काठमाडौं, पुस २० गते ।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो शंखपार्कले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको महिला एकल कातामा रजत जित्न सफल चन्चला दनुवारलाई सम्मान गरेको छ ।
शंखपार्ककै आयोजनामा भएको जिल्लाव्यापी कराते प्रतियोगिताको उद्घाटन अवसरमा डोजोका अध्यक्ष एवं प्रमुख प्रशिक्षक सानुबाबु तामाङले चन्चलालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
उपत्यकाका तीन जिल्ला, धादिङ र काभ्रेका डोजो सहभागी प्रतियोगितामा लालीगुराँस टिम च्याम्पियन बन्यो । लालीगुराँसले ९ स्वर्ण, ३ रजत र ४ कांस्य जित्यो । ३ स्वर्ण, १ रजत र ३ कांस्यसाथ सरस्वती दोश्रो भयो । तेश्रो स्थानको आयोजक शंखपार्कले २ स्वर्ण, ६ रजत र ४ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा बूढानीलकण्ठका सौगात थापा तथा महिलामा भार्देउ डोजोकी अनिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए । धादिङको धुनवेसी डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई काठमाडौं महानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहन विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले उद्घाटन गरेका थिए । प्रतियोगितामा २ सय २५ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु