बालकृष्ण पाण्डेले राष्ट्रिय सभाका लागि ०५ नम्बर प्रदेशबाट गरे उम्मेदवारी दर्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ पुष २०७६, सोमबार ११:३३

बुटवल, २० पौष – राष्ट्रिय सभा सदस्यका लागि हुन लागेको निर्वाचनमा नेपाली काङ्रेशको तर्फबाट केन्द्रीय सदस्य बाल कृष्ण पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । पाण्डेले ०५ नम्बर प्रदेशबाट आफ्नो उम्मेदवारी दिएका हुन । उनले आइतबार दाङ स्थित निर्वाचन आयोग पुगी उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्ता पस्चात उनले पार्टीले विश्वास गरेर आफूलाई अवसर प्रदान गरेकोमा खुशी ब्यक्त गर्दै जितका लागि आफू योग्य भएको प्रतिकृया दिए ।

बालकृष्ण पाण्डेको सम्क्षित परिचय


नेपालको अघार्खाची जिल्लामा जन्मिएका बालकृष्ण पाण्डे नेपाली काङ्रेसका प्रवास बिभाग प्रमुख हुन । प्रवासी जीवन ब्यथित गर्ने क्रममा उनले लामो समय देखी भारतलाई आफ्नो कर्मभुमी बनाउदै आएका छन् । प्रवासमा रहदै गर्दा उनले नेपाल र नेपालीहरु उपर लगाउदै आएको गुण वास्तवमै तारिफ योग्य र बिर्सन नहुने खालका छन् । राजनीतिक एबम सामाजिक चेतका धनी पाण्डेले प्रवासी जीवन गुजार्दै गर्दाका बखतमा नेपालको राजनीतिक परिवर्तन र सामाजिक जागरणमा पुर्याउदै आएको योगदान चर्चा नगर्ने हो भने उनी माथि अन्याय भएको ठहर्ने छ ।

नेपाललाई आमुल परिबर्तन गर्ने दिशामा कटिबद्ध भई लाग्दै आउने क्रममा उनले भारत प्रवासमा रहदै गर्दा २०४६ -४७ को जन आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । त्यसो त नेपालको शान्ति प्रक्रियालाई मुर्त रुप दिने गरि प्रमुख राजनीतिक दल बीच भएको १२ बुदे समझदारीलाई तार्किक निस्कर्शमा पुर्याउनमा सार्थक भूमिका निर्वाह गरेका पाण्डेले प्रवासमा रहेरै ६२ -६३ को जनआन्दोलनको नेतृत्व गरेका थिए । साथै,उनले भारतमा रहेका बिद्यार्थी, ब्यवसायी, स्वास्थ क्षेत्र, मजदुर ,नेपाल – भारत मैत्री समन्वय र महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेखनिय कार्य गरेका छन् । लामो समयदेखी प्रवासी जीवन ब्यथित गर्दै गर्दा उनले गरेका असल र परोपकारी कामहरुको फेहरिस्त निकै लामो छ । भारतका बिभिन्न ठाउँमा रहेका नेपाली चेली तथा बालबालिका र मजदुरको अवस्थाको बारेमा उनले तीन दशक यता देखि कलम चलाउदै आएका पनि छन् । संगठनमा आबद्ध हुँदै गर्दा फिल्ड्मा काम गरि जानकारी बटुलेका उनले पिडामा परेका महिला, बोर्डर तथा प्रवासी सम्बन्धी समस्यालाई हल गर्न पहलकदमी चाल्दै अाएको पाईन्छ । पाण्डेको कर्मशिल ब्यक्तित्वको कदर गर्दै नेपाली काङ्रेशले उनलाई विपि .कोइरालाले स्थापना गरेको जनसम्पर्क समिती भारतको केन्द्रिय अध्यक्ष जस्तो गहन जिम्मेवारी सुम्पेको छ । साथै उनी नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित पनि भएका छन् । यो पनि उनमा निहित काबिलियतको कदर हो । कुशल संगठक, मृदु भासी, निर्भिक ब्यक्तित्व र नेत्रित्वदायी भूमिकालाई न्यायोचित ढंगले निर्वाह गर्न सक्ने खुबी भएका पाण्डे पार्टी पंक्तीमा पनि लोकप्रिय नेताका रुपमा चर्चामा रहने गर्दै आएका छन् ।

सेवाको भावना बोक्दै आएका पाण्डे प्रवासी नेपाली मध्येका एक प्रिय पात्र मानिन्छन् । लामो समयदेखी भारतमा बस्दै आएका बालकृष्ण पाण्डेले नेपाल सरकार, परराष्ट मन्त्रालय संग समन्वय गरि धेरै नेपाली चेलीबेटी तथा बालबालिकाको उद्धार गरिसकेका छन् । लगभग ४६ वर्षदेखि हराएका उनका दाजुको अवस्था थाहा नपाउँदा आफ्नो घर परिवारमा परेको त्यो पिडा सम्झदा उनलाई आफुले उद्धार गरेर ल्याएका बालबालिकाको परिवारमा त्यस्तो पिडा नहोस् भन्ने उनको चाहाना छ । पाण्डेले नेपालको सिआइबी, पुलिस हेडक्वाटर, इन्टरपोल, परराष्ट मन्त्रालय, गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय तथा भारत दुतावाससंग समन्वय गरेर महिला तथा बालबालिकाको क्षेत्रमा महत्वपूर्ण काम गर्दे आएका छन् ।

तिन दशक देखि भारतमा बसेर पाण्डेले महिला , बालबालिका तथा प्रवासी नेपालीहरुको सहयोग नेपाल – भारत बिच मैत्रीपुर्ण समन्वय को क्षेत्रमा गर्दै आएका कार्यहरु सर्हाना योग्य मात्र नभई तारिफ योग्य पनि छ । । आजको यो समयमा आधारभुत आवश्यकता र शिक्षा तथा खेलकुदबाट बन्चित भएर बालबालिका सिमा पार हुदाँ आफूलाई दुख बोध हुने बताउछन् उनी । उनी भन्छन् ‘बालबालिकाले भुक्तदै आएका ती कारुणीक क्षण सम्झदा पनि कायल बन्छु म,सामान्य कुरा प्राप्त नहुँदा साना बच्चाहरु जोखिममा पर्ने भएकाले यसको बारेमा गहन रुपमा बिचार गर्न र उचित कदम चाल्न पहल होस्’ । समस्या समाधानका तालुकात निकायलाई झक्झकाउन उनी स्वयम पनि महिला र बच्चाहरू लिएर आफै मन्त्रालय सम्म पुगेको स्मरण गर्छन् । उनले भने ‘बच्चाहरुको परिवारसम्म पुर्नमिलन गराई उज्जवल भबिष्यको लागी हामीले काम गरेका छौ’ । पाण्डेको पहलमा भारतबट हजारौंको संख्या महिला बालबालिकाहरुको उद्धार भएको छ । भारतमा नेपालीहरुका आप्रावासन लगायत दैन्दनि हुने, भैपरी आउने जस्ता सबै खाले समस्या निराकरण वा समाधानका लागि उनी दिनरात नभनी खटीदै भोलेन्टरी सेवा गर्दै आएका छन। माइती इन्डिया जस्तो सम्मानित सामाजिक संस्थाको नेत्रित्व सम्हादै गर्दा उनले नेपाल, नेपाली, प्रवासी र भारत उपमहादिप क्षेत्रमा समाज सेवा मार्फत पुर्याउदै आएको योगदान सम्झन लायकको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु