दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तथ्यमा आधारित जनवकालत विषयक ३ दिने गोष्ठी धुलिखेलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २१ गते, सोमबार १२:३५

२१ पुष २०७६ शर्मिला विश्वकर्मा, धुलिखेल

ELCA / LWF को आयोजना तथा दलित महिला केन्द्र नेपाल, (CDWN), GDF, LARC / DWA को सहकार्यमा दलित समुदायको तथ्यमा आधारित जनवकालत विषयक ३ दिने गोष्ठी काभ्रे जिल्ला स्थीत धुलिखेलको भिलेज रिर्सोटमा भैरहेको छ । सो गोष्ठीको पहिलो दिन पुष २० गते देखि २२ गते सम्म आयोजना गरिने ३ दिने गोष्ठीको पहिलो दिन दलित महिला केन्द« नेपालकी अध्यक्ष गौरा नेपालीले यो कार्यशाला गोष्ठीले आगामी दिनमा दलित समुदायका व्यक्तिहरुका सवालहरुलाई हरेक निकायमा समावेश गर्न र विभिन्न विभेदहरुको अन्त्य गर्नको लागि सहयोग हुने बताउनु भयो । त्यसै गरी उक्त संस्थाका निर्देशक तेजेन्द्र लामाले दलित समुदायका सवालहरुलाई कसरी अगाडि बढाउन सकिन्छ र सोही अनुसार काम गर्नको लागि यो कार्यशालाको आयोजना गरिएको बताउनु भयो ।सो कार्यशाला गोष्ठीको पहिलो दिन पुष २० गते दलित अभियान्त तथा अधिकारकर्मी भक्त विश्वकर्माले नेपालको दलित नागरिक समाज, भूमिका, चुनौती र आगामी कार्यभार विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्य पत्रमा उहाँले नेपालका दलित नागरिक अभियान, आन्दोलनको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यसै गरी मुक्ति समाज नेपालका महासचिव गणेश विश्वकर्माले दलित अधिकार आन्दोलनको समिक्षा, उपलब्धी, चुनौती र भावी रणनीतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।उक्त कार्यशालाको पहिलो दिन ४ वटा समुह विभाजन गरी नेपाली दलित आन्दोलनका उपलब्धी, कमीकमजोरी र चुनौतीहरु, दलित आन्दोलनका अवसरहरु, आगामी रणनीतिहरु, दलित आन्दोलनका मोडेलहरुका विषयमा छलफल गरी बुँदा टिपोट गरी प्रस्तुत गरिएको छ । सो कार्यशाला गोष्ठी यही पुष २२ गते सम्म धुलिखेलमा हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु