सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २१ पुष २०७६, सोमबार १२:३९

काठमाडौं ।सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ५०० सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७६ हजार पुगेको छ । आइतबार ७५ हजार ५०० कायम रहेको सुनको मूल्य सोमबार ५०० बढेको हो ।

पछिल्लो केही समयदेखि सुनको मूल्यमा घटबढ भइरहेको भएपनि केही दिन यता भने बढ्ने क्रम जारी छ ।

सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ। आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु