कार्यक्रमको तयारी तीब्र हुदै छ संयोजाक मिङमार तेन्जिङ शेर्पा ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २२ गते, मंगलवार ०७:३५

शेर्पा इभेन्ट अर्गनाइजरले आयोजना गरिएको live concert तथा sherpa cultural show कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको कार्यक्रम संयोजाक मिङमार तेन्जिङ शेर्पाको भनाइ छ । कार्यक्रम यहीँ पौष २५ गते शुक्रबार बौद्ध रामहिटी रामनगरमा हुने भएको हो ।शेर्पा जातिहरुको भाषा धर्म संस्कृतिक पहिचान र विविध संस्कृतिक मुल्य मान्यताहरुलाई जगेर्ना गर्न र जसको समुचित विकास गराउने उदेश्य लिइ स्थापन भएको शेर्पा इभेन्ट अर्गनाइजर संस्थाले यश पटक आयोजना गरिएको प्रथम अन्लाईन शेर्पा भाषा उद्घघोषण प्रतिस्पर्धा प्रतियोगिताको नतिजा आउदो( january 10 )पौष २५ गते शुक्रबारका दिन एक बृहत कार्यक्रम आयोजना गरि नतिजा प्रकाशन गरिने भएको छ । उक्त विजेतालाई दर्जिलिङ स्टोरबाट बम्पर उपहार समेत प्रदान गरिने भएको हो । प्रथम अनलाइन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा जम्मा १६ जनाले सहभागी जनाएको छन । उक्त विजेतालाई दर्जिलिङ स्टोरले गिफ्ट हेम्पर प्रदान गरिने भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरले अघिल्लो कार्यक्रम अनलाइन शेर्पा पोसाक प्रतिस्पर्धा गराएका थिए । शेर्पा समुदायमा शेर्पा जातिहरुको भाषा धर्म संस्कृतिक पहिचान र विविध संस्कृतिक मुल्य मान्यताहरुलाइ सदैब जिबन्त राख्ने र जसको समुचित विकास गराउनुको साथै आम शेर्पा समुदायमा रहेको परम्परागत विविध सास्कृतिलाइ संचार गराउने र आउने दिनहरुमा आफ्नो विविध सास्कृतिकहरु जल्काउदै गाउँ शहर पुर्याउने विश्वाभर छरिएर रहेको शेर्पाहरुलाइ एकतामा ल्याइ बलियो बनाउने र विभिन्न छुट्टाछुट्टै उपलब्धि मुलक र समाजमा सकारात्मक एवम् प्रभाकरी कार्यक्रमहरु आयोजना गरि सघिय लोकतान्त्रिक गणतन्त्र नेपाललाई समृद्ध बनाउने तर्फ अग्रसर गराउने उदेश्यले यो स्थापन भएको शेर्पा इभेन्ट अर्गनाइजर समुहले यो पटक प्रथम युवा सम्मेलन तथा बृहत संस्कृतिक कार्यक्रमको साथमा प्रथम अनलाइन शेर्पा भाषा उद्घोषण प्रतियोगिताको विजेता पुरस्कर छनोट गर्ने भएको छ । उक्त कार्यक्रममा मुख्य आकर्षकको रूपमा चर्चित गायक (राजु लामा) मङोलियन हार्ट ब्यान्डको समेत प्रस्तुति राखिने भएको छ कार्यक्रममा शेर्पा समुदायका गायक छ्ङ्पा शेर्पा तथा मिङमार ढेन्डुप शेर्पाको समेत प्रस्तुति रहने भएको ।कार्यक्रममा लगभग ११ सय बन्द बडी युवाहरु जम्मा हुने अनुमानित छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु