दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सदस्य–सचिव सिलवाल सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २२ गते, मंगलवार ७:५३

काठमाडौं, पुस २२ गते ।
नेपाल मास्टर्स एथलिट एसोसिएसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई सोमबार सम्मान गरेको छ ।
नेपालमा मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण योगदान पु¥याएवापत सदस्य–सचिव सिलवाललाई सम्मान गरिएको हो । एसोसिएनका अध्यक्ष जीएन दाई शर्माले सदस्य–सचिव सिलवाललाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा दक्षिण कोरियामा भएको विश्व इन्डोर मास्टर च्याम्पियनसिपको हर्डल्समा छैटौं श्रेणी प्राप्त गरी डिप्लोमा सर्टिफिकेट हासिल गरेका यज्ञलाल श्रेष्ठ तथा एसियन मास्टर एथलिट च्याम्पियनसिपको १ हजार ५ सय मिटर दौडको फाइनलमा आठौं स्थान हासिल गरी डिप्लोमा सर्टिफिकेट प्राप्त गर्न सफल गिर्वाणविक्रम शाहलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । सदस्य–सचिव सिलवालले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव सिलवालले परिषद्ले विभिन्न उमेरसमूह र विभिन्न खेलको राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्दै आएपनि भेट्रान खेलाडीहरुको कुनैपनि प्रतियोगिता नगरेको हुँदा अब केहि खेल मात्र समावेश गराएर भएपनि भेट्रानहरुको प्रतियोगिता सुरुआत गर्ने सोच बनाएको बताए । उनले आसन्न १४ औं सागमा नेपालले ७५ स्वर्ण, एसियाली खेलकुदमा स्वर्ण र ओलम्पिकमा बढी भन्दा बढी खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने वातावरण निर्माण गर्न जरुरी भएको बताउदै त्यो कार्यमा परिषद् अगाडि बढ्ने बताए । उनले एसोसिएसनले गरेको सम्मानलाई सम्मानका रुपमा नभइ आशिर्वादका रुपमा ग्रहण गर्ने धारणा व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु