साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

कस्तो छ ‘सेल्फी किङ्ग’को टेलर हेर्नुस् भिडियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ पुष २०७६, बुधबार १४:२९

काठमाडौं २३,काठमाडौं
माघ चौबीस गते रिलिजको तयारी रहेको चलचित्र ‘सेल्फी किङ्ग’को अफिसियल टेलर सार्वजनिक गरिएको छ । बिपिन कार्कीको मुख्य अभिनय रहेको यो चलचित्र फरक कमेडि जनरामा निर्माण भएको चलचित्र हो ‘सेल्फी किङ्ग’ ।

रिलिज टेलरमा बिपिन कार्कीलाई सेल्फी किङ्ग’ नामले परिचित हाँस्य कलाकारको रूपमा प्रस्तुत गरिएको छ ।एउटा कलाकारले आफ्नो स्टाडम र सफलताको लागि गरिएको संघर्ष यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथालाई यसमा प्रस्तुत गरिएको छ।

बिशाल सापकोटाको निर्देशन एवम् सुभाष थापा र दिनेश राउतको संयुक्त लगानीमा निर्माण भएको यो चलचित्रमा सह निर्माताको रूपमा राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।चलचित्रको कथा निर्देशक बिसाल सापकोटा कै रहेको छ ।

चलचित्रमा विपिन कार्की संगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ भने अभिनेत्री केकी अधिकारीले पाहुना कलाकारको रूपमा अभिनय एवम् एउटा ’जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।

सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु