दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अब छापिने नेपाली नोटहरु पृथ्वीनारायण शाहको चित्र अंकति हुनुपर्ने माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २४ गते, बिहीबार १२:३४

काठमाडौं । पुस २७ गते भव्यताका साथ राष्ट्रिय एकता दिवस मनाइने संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलनले विशाल नेपाल निर्माण गर्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गतेलाई भव्यरुपमा राष्ट्रिय एकता दिवस मनाउन आग्रह गरेको छ ।

सो राष्ट्रिय एकता दिवसको अवसरमा सगौरव सार्वजनिक विदा हुनुपर्ने मागसमेत गरिएको छ । बाइसे चौबिसे राज्यमा बाँडिएको नेपालीलाई एकीकरण गरी विशाल नेपाल निर्माण गरेको भन्दै योगदान बिर्सिननहुने बताएको छ । संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलन केन्द्रीय संयोजन समितिले बुधबार मधेश मिडिया हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना एवं सम्मानमा अब छापिने नेपालका नोटहरुमा उनको चित्र अंकित हुनुपर्ने माग गरिएको छ ।

पत्रकार सम्मेलनमा रामराज्य परिषद्का अध्यक्ष जगत बहादुर थापाले राष्ट्र, राष्ट्रियता र धर्मसंस्कृति संरक्षण जस्तो ज्वलन्त विषयलाई अहिले एकदमै उपेक्षा गरिएको आरोप लगाएका छन् । राष्ट्र, राष्ट्रियता र धर्मसंस्कृतिको यथोचित संरक्षण गर्दै मुलुकलाई बलियो बनाउन संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलनको विकल्प नरहेको बताए । थापाले नेपालको मूल समस्या धर्म परिवर्तन रहेको बताउँदै नेपालका कम्युनिष्टहरु त्रिश्चियन रहेको आरोप समेत लगाए ।

यसैगरी, वरिष्ठ अधिवक्ता तथा नेपालका लागि नेपाली अभियानका प्रमुख अभियन्ता बालकृष्ण न्यौपानेले नेपालको पहिचान रक्षाका लागि राजसंस्था अपरिहार्य रहेको बताए । उनले अहिलेको शासन व्यवस्था र नवराजाहरुले देशलाई बर्बाद गर्न लागेको भन्दै राजसंस्था आवश्यक रहेको बताए । नेपाललाई पुनः हिन्दूराष्ट बनाउनुपर्ने धारणा राख्दै उनले भने, ‘संघीयताको नाममा अहिले टोलटोलमा भ्रष्टाचार बढेको छ । यिनीहरुका विरुद्ध अब सबै आआफ्नो ठाउँबाट लाग्नैपर्छ ।’ यस्तै, कार्यक्रममा पुनरुत्थानवादी शक्ति नेपालका प्रमुख नेता शेखरजंग रायमाझीले नागरिक आन्दोलनमा लाग्न आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु