साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

नेपालीहरु नै नेपाली खाना परिकार बारे अनविज्ञय- सेफ भन्डारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार १९:३१

पाक शास्त्री यानी कि भान्छे को यात्रा सिक्नु सिकाउनु को अविरल यात्रा हो । कौतुहलता,खाना प्रति को प्रेम,सदभाव र समर्पण को भावना एउटा भान्से मा हुनु पर्ने गुण हुन् । बिगत ३३ वर्षा देखि येही पेसा अंगाली निरन्तरता दिदा का केहि अनुभव र जीवन का उतार चडाव बेला बेला यही सोसल मिडिया बाट दिदा को मज्जा नै अलग हुन्छ । कहिले काही दुख लाग्छ दुनिया का १० प्रतिसत होटेल रेस्टुरेन्ट मा नेपाली कामदार कुनै न कुनै रुप मा काम गर्द्छन ।त्यस मा ९० प्रतिसत लाई नेपाली खाना को बारेमा थाहा छैन होला ।नेपाल मै पनि ए ग्रेड होटल मा त कुरै छोडौ सदै भैरहने नेपाली को भोज भतेर मा शुद्ध नेपाली खाना हुदैन । हामीले हाम्रा आमा,बुबा र हजुरबुबाहरूले पकाउने परिकार खानु त परै जाओस् नाम नै बिर्सिसकेका छौ। खानासँग समुदायको संस्कृति जोडिएको हुन्छ आतिथ्य सत्कार मा खाना अति महत्वपूर्ण हुन्छ तर आज हामी कता बरालिए का छौ थाहा छैन ।बिदेशी पाहुना आउदा हामी उहि देशको खाना पस्किने रेस्टुरेन्टमा लैजान्छौ । आफ्नो खाना हरु पस्कन लजाउछौ हेरौ हाम्रा रैथाने खाना हरु जो बिरासत मा पाएर पनि पस्कन सकेका छैनौ ।
तामांग जति कोआफ्नो रैथाने खाना आलुम, बाबर, फुलौरा, मकै पिङ, कोल्दे सुप, पातेमोरे ,गेङ जो कि फापर वा कोदोको पिठोबाट बनाइन्छ कति स्वास्थ्यकर छ ।जस्तो बाबर गेङ’ जो चामलको पिठोलाई तेलमा फ्राई गरेर बनाइन्छ आलुमका त कुरै छोडौ जो गहुँ, कोदो वा फापरलाई उसिनेर यो परिकार बनाइन्छ जो हाम्रो लागि कति फाइदा हुन्छ आफै आकलन गर्नुहोस ।‘तया तेमे’ कसै लाई थाहा छ त ?यो तरुल,सख्खरखण्ड, पिँडालुबाट बनाइन्छ ।
‘बुजु र तामांग एक अर्का का पुरक नै हुनभन्दा फरक नपर्ला जो चामल पकाएर बेस्सरी माडेपछि त्यसमा घिउ राखेर ‘बुजु’ बनाइन्छ यसलाई काटेर खाने चलन छ जो पुजाआजा मा नभई नहुने परिकार हो ।नेपाल मा नेवार पछि को तेस्रो ठुलो खाना को भण्डार यानी कि परिकार भने को नै थारु हरु मा नै होला !घोंगी, गेंटा, ढिक्री, बैरिक चट्नी (वयेर को चट्नी ) , बरिया,खरिया , सुखाइल मछ्छी, झिंगा मछ्छी, डेरुवा मछ्छी, सुतही, थारू आलु, बंगुरको सेकुवा,पकुवा , सुरिक मःम, छबुवा, घरैया दारु, कच्च झिंगा मछ्छी, अन्डिक भात, अन्डिक झवार, लोकल मुर्गा, गेंटा मःम, बट्टाई यी थारु परिकार को सृंखला हुन् !भक्का अहिले आएर अति पपुलर पनि भएको छ । नेवारी र थकाली लाई छोड्ने हो भने त्यति अरु खाना हरु पपुलर हुन सकेका छैनन् !शेर्पा हरुका अति लोकप्रिय खाना हरु छन् आलु बाट बन्ने रोटि रिकिकुर ,आलु को सुप रिल्दुक ,स्यफाले ,टिङ्ग्मो, लाफिन आदि !हामी ले गाउँघरमा कोदो, मकैको पिठोबाट पुवा बनाएर दही मोहीसँग खाने गरेको परिकार लाई रेस्टुरेन्टको मेनु मा राख्न किन हिच्किचाई रहे का छौ ? मध्य पहाडी भेग मा हेर्ने हो भने चुकौनी ,बटुक ,ढकनी अति प्रशिद्ध छन् !झर र सेल रोटि लाई बिहानी को खाजा को रुप मा प्रत्येक होटल रेस्टुरेन्ट ले पस्कन सक्नु पर्छ ! हर्लिक्स होइन जौको सातु प्रयोग गर्नु पर्छ !क्रिम अफ होइन फाडो र खोले पस्कन सक्नु पर्छ अनि मात्र केहि नेपाली खाना ले बाटो पाउन सक्छ ! हामी फ्रुट सलाद बेच्छौ दहिफल भन्न सकिदैन ! नेपाली शब्द लाई पहिचान दिन अघि बढ्नु पर्छ तब मात्र नेपाली खाना को पहिचान हुन सक्छ ! हामी चट्नी यानी कि छोप का धनि छौ सिलाम ,भांगो ,तिल ,आलस ,टिमुर ,फर्सी को बिउ ,गोलभेडा ,पुदिना ,धनिया ,लसुन पात हाम्रा चट्नी का स्रोत हुन् ! अचार का त कुरै छोडौ !
हामी संसारमा खाना का परिकार मा येति धनि छौ तर दुख लाग्छ नेपाली रेस्टुरेन्ट छैन जहाँ शुद्ध नेपाली खाना पस्कियोस।

(लेखक सेफ लक्ष्मन प्रसाद भण्डारी ग्लोबल नेप्लिज सेफ फेडेरेशनका कार्यकारी प्रमुख हुन् )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु