नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार ११:३६

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । केहिदिन यता सुन तथा चाँदीको मूल्यमा अत्याधिक वृद्धि भइ नयाँ रेकर्ड कायम भएको थियो । तर बिहीवारबाट क्रमश मूल्यमा गिरावट आइरहेको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ७५ सय ५ सय रहेको थियो । त्यस्तै आज तोलामा ९ सयले कमि आई प्रतितोला सुन ७४ हजार ६ सय रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७४ हजार ३ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य ९ सय रहेको थियो । त्यस्तै आज मूल्यमा कमि आई प्रतितोला चाँदी ८ सय ८५ कायम भई कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु